
२८ चैत, काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष २०७९/८० को ८ महिना (फागुन मसान्त) मा ५४ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको छ
नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष नेपालको सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६ अर्ब १२ करोड रहेको छ । जसमा शिक्षामा मात्र ५४ अर्ब ७० करोड रुपैयाँ विदेशिएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा भ्रमण व्यय ५० अर्ब ५० करोडले घाटामा रहँदा शिक्षातर्फ ३० अर्ब ३८ करोड विदेशिएको थियो । सेवा खातामा भ्रमण आय भने यस आवमा ३७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यस वर्ष पर्यटक आगमनमा उल्लेख्य सुधार हुँदा पर्यटकबाट हुने आम्दानीमा पनि सुधार भइरहेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4