
२८ चैत, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष सञ्चालन गर्ने महाशिवरात्रि मेलामा घोटाला भएको देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।
उनका अनुसार महाशिवरात्रि मेलामा सम्झौता विपरीत काम भएको र छानबिन गर्दा घोटाला भएको देखिएकोले यसबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ । यसबारे थप अनुसन्धान गरी दोषी उपर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय मन्त्रालयले गरेको छ ।
पशुपतिनाथ मन्दिरमै भेटीघाटी संकलन हुने घ्याम्पो हराएको सन्दर्भमा छानबिन समिति गठन भएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान आवश्यक पर्ने भन्दै मन्त्रालयले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीमा पठाउने निर्णय समेत गरेको मन्त्री किरातीले जानकारी दिए ।
पशुपतिनाथ मन्दिरबाट दिउँसैको समयमा सुरक्षाकर्मीकै बीचबाट घ्याम्पो हराएको थियो । पशुपतिनाथ मन्दिरमा सीसीटीभी क्यामराको तार नै काटेर चोरी भएको समेत पाइएको थियो ।
प्रतिक्रिया 4