+
+

निजामती कर्मचारी युनियनले २५ लाखको अक्षय कोष स्थापना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते ९:२७

२९ चैत, काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ ।

त्यसको ब्याज रकमबाट युनियनमा आबद्ध कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा हरेक वर्ष सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

कर्मचारी युनियनले सन्चालन गर्ने चिट्टा कार्यक्रम लगायतबाट संकलित रकम अक्षय कोषमा राखिने उनको भनाइ छ ।

‘स्वास्थ्य उपचार लगायतका समस्या समाधानका लागि युनियनका साथीहरुलाई सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दैछौं,’ अध्यक्ष पोखरेलले भने, ‘त्यसको लागि कार्यविधि फाइनल चरणमा छ ।’

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको उपस्थितिमा आज दिउँसो ३ बजे अनामनगरमा हुने कार्यक्रममा अक्षय कोष स्थापनाको घोषणा गर्ने अध्यक्ष पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?