
२९ चैत, तनहुँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनताको सुख दुःखमा सँगै हुने उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै सिंहले जनताको सुख, दुःख बुझ्ने उम्मेदवार छानेर मतदान गर्न आह्वान गरेका हुन् । ‘गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्यांकन गर्नु हुनेछ’, नेता सिंहले भने ।
तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4