+
+

सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन सांसद नागिना यादवको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १४:०७

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् ।

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी छ । यही बेला सत्तारुढ दल कांग्रेसकी सांसद यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी हुन् ।

विश्व स्वाथ्य संगठनले पनि बारम्बार नेपाललाई सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन आग्रह गर्दै आएको तर, नेपालले त्यसलाई कम हत्व दिएको उनको भनाइ छ ।

सांसद यादवका अनुसार नेपालले हाल सुर्तिजन्य पदार्थमा ४१ प्रतिशत कर लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?