
२९ चैत, काठमाडौं । ट्वीटरका सीईओ एलन मस्कले आफूले स्वामित्व लिएयता ट्वीटरमा धेरै उतार चढाव आएको बताएका छन् ।
बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भने उतार चढावका बीचमा अहिले ट्वीटरमा सबै ठिकठाक रहेको उनले बताए ।
उनले आफूले किनेको मुल्य ४४ अर्ब डलरमा पनि ट्वीटरको स्वामित्व नबेच्ने बताए ।
ट्वीटरमा धेरै समस्या आएको र धेरै पटक ट्वीटर ठप्प भएको अनुभव सुनाउँदै उनले यो समस्या धेरैबेर कायम नरहेको बताए ।
आफूले ट्वीटर किन्दा ८ हजार कर्मचारी रहेकोमा अहिले घटाएर १ हजार ५०० मात्र राखेको मस्कले बताए ।
ट्वीटर भेरिफाइका लागि पैसा लिएर अलग अलग रंगका टिको दिने घोषणा गरेका उनले यसअघिका सबै निलो टिकोहरु आउँदो हप्तासम्ममा हटाइसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4