
२९ चैत, काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
झडपमा परेर गरुडा-५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।
प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका गाडीमा क्षति भएको छ ।
प्रहरीले दिपक यादवसहित चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी वीरबहादुर बुढा मगरले बताए ।
साथै गरुडा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4