+
+

युवा संघको अध्यक्षमा दुईको उम्मेदवारी, अरु पदमा को को आकांक्षी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते २०:५८

२९ चैत, दाङ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।

नेपालगन्जमा भएको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि निवर्तमान उपाध्यक्ष सन्तोष रावल र महासचिव क्षितिज थेवेले उम्मेदवारी दिएका हुन् । अन्य सबै पदमा पनि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत ध्रुव बस्यालले जानकारी दिए ।

जसका लागि उपाध्यक्षमा खुल्ला तर्फ कृष्णहरि केसी, प्रकाश गौतम र विष्णुहरि त्रिपाठी, महिला उपाध्यक्षमा सीता सुवेदी र सुमित्रा बोगटी, समावेशी उपाध्यक्षमा पुष्पराज श्रेष्ठ र अमित लामाको उम्मेदवारी दिएका छन् ।

महासचिवमा सुमन पुरी र अञ्जना अधिकारी, उपमहासचिवमा प्रकाश लामिछाने र कुबेर अधिकारीको उम्मेदवारी दिएका छन् ।

सोमबार चैत २७ देखि सुरु भएको थियो । महाधिवेशन देशभरबाट २ हजारभन्दा बढी युवा प्रतिनिधि नेपालगन्ज आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?