+

रियल मड्रिडले चेल्सीलाई हरायो

२०७९ चैत  ३० गते ६:३८ २०७९ चैत ३० गते ६:३८
रियल मड्रिडले चेल्सीलाई हरायो

३० चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गर्दा चेल्सीका बेन चिलवेलले रातो कार्ड पाएका थिए ।

खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा समेटियो । त्यसपछि असेन्सिओले ७४औं मिनेटमा भिनिसयसकै पासमा रियलका लागि दोस्रो गोल गरे ।

अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।

चेल्सी रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय