
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।
श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराइन् । कुल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
अब वरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4