+
+

शेखर–गगनको ब्रिफिङ : तीन मन्त्री र एक राज्यमन्त्री पाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १७:१३

३० चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा. शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका छन् ।

शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा नेताद्वयले चार जना मन्त्री हुने जानकारी गराएका हुन् ।

छलफलमा उपनिर्वाचका विषयमा महामन्त्री थापाले जानकारी गराएका थिए । ‘पार्टीभित्र र उपनिर्वाचनका विषयमा गगन जीले बिफ्रिङ गर्नुभयो’, बैठकमा सहभागी सांसद प्रतिमा गौतमले भनिन्, ‘हाम्रो भागमा तीन मन्त्री र एक जना राज्यमन्त्री पाउने कुरा बताउनुभयो ।’

आफ्नो तर्फबाट मन्त्रीमा पठाउने व्यक्तिका विषयमा आजको बैठकमा छलफल भएको थिएन । संस्थापनइतरबाट मन्त्री हुनेको नाम केही दिनमा टुंगाउने जिम्मेवारी पदाधिकारीलाई दिइएको गौतमले बताइन् ।

मन्त्रीका आकांक्षीहरुलाई आलोपालो पठाउने विषयमा पनि छलफल भएको थियो । ‘तीन मन्त्री र एक राज्यमन्त्री पाइने कुरा भएको छ,’ बैठकमा सहभागी सांसद सुरेन्द्र आचार्यले भने, ‘उपनिर्वाचनपछि मन्त्री बनाउने कि भन्ने पनि छ ।’

आजको बैठकमा व्यक्तिका बारेमा छलफल नभएको आचार्यले जानकारी दिए । आचार्यले आफू मन्त्रिपरिषद्मा जाने निश्चित रहेको बताए ।

उपनिर्वाचनमा दुई क्षेत्र कांग्रेसले जित्नैपर्ने बताउँदै आफ्नो तर्फबाट क्षेत्रबाट खटिन सांसदहरुलाई शेखर र गगनले निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?