
३० चैत, काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर पाँचखाल८ चिसापानीमा १ जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
पहिरोले ३ जना कामदार पुरेकोमा उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल लगेकोमा नेपालको मृत्यु भएको हो । अरु २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4