
सबैमा जस्तै नयाँवर्ष आउनासाथ ममा पनि एक किसिमको खुसी छाउँछ । अझ बालपनमा नयाँवर्षको उल्लास नै बेग्लै हुन्थ्यो । यो नयाँवर्षका लागि विशेष योजना नै त बनाइसकेको छैन । नयाँवर्षकै दिन भोलि (शुक्रबार) नारायणघाटमा कन्सर्ट छ त्यसमा व्यस्त हुनेछु । साथै भर्खरै ल्याएको नयाँ गीत ‘आहा माया’को प्रवद्र्धन पनि नयाँवर्षको संघारमा गरिरहेको छु ।
अपूरा काम नयाँवर्षमा पूरा गर्नेछु
यस वर्ष एक जना चर्चित भारतीय गायकसँग गीत रेकर्डिङ गर्ने योजना बनाएको थिए, तर विभिन्न कारण सम्भव भएन । नयाँवर्षमा यो योजना पूरा गर्नेछु ।
त्यसैगरी २०८० सालमा १२ वटा गीत सार्वजनिक गर्ने सोच बनाएको छु । त्यसलाई पूरा गर्न हरतरहले लागिपर्नेछु । साथै मेरो ड्रिम प्रोजेक्टको गीत ‘थाहै भएन’ पनि नयाँवर्षमा लिएर आउनेछु ।
(रेणु त्वानाबासुसँगको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4