+
+

एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १५:१८
फाइल तस्वीर

१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ ।

आज शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर वैशाख ९ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थापना दिवसका अवसरमा काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम हुने जिल्लाहरुमा आफू अनुकुल कार्यक्रम हुने छन् ।

बैठकले एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको जनानकारी पनि खतिवडाले दिए ।

पार्टी दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै नेता न्यौपानेले एकीकृत समाजवादी छाडेको घोषणा गरेका थिए । उनले आफूले राखेको प्रस्तावमाथि पार्टीमा छलफल नगरेको आरोप लगाएका थिए ।

तर खतिवडाले न्यौपानेले लगाएका आरोप आरोप खण्डन गर्न लायक पनि नरहेको बताए ।

न्यौपानेले पार्टी स्थापनाको उद्देश्य विपरीतको प्रस्ताव राखेको भन्दै खतिवडाले त्यो प्रस्ताव गलत भएको र त्यो प्रस्तावमा उनी बाहेक अरु कसैले समर्थन नगरेका कारण पार्टीमा छलफल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?