
२ वैशाख, सुर्खेत । सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंक कर्णाली प्रदेशका कर्मचारीले सरसफाइ गरेका छन् । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकका कर्मचारीले प्रभातफेरिका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेका हुन् ।
हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक कर्णाली प्रदेशका एरिया प्रमुख मित्रराज प्याकुरेलले बताए ।
बैंकले कांक्रेबिहारमा डस्बिन, झाडु, डसप्यान पनि हस्तान्तरण गरेको छ । विश्व सम्पदाको संरक्षण तथा संवर्द्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीचको सहकार्यमा यो दिवस मनाउने गरिएको छ ।
प्रतिक्रिया 4