+

आर्मीलाई हराउँदै खुमलटार दशौं स्थानमा उक्लियो

२०८० वैशाख  २ गते २०:३२ २०८० वैशाख २ गते २०:३२
आर्मीलाई हराउँदै खुमलटार दशौं स्थानमा उक्लियो

२ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबारको दोस्रो खेलमा एफसी खुमलटारले विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले पराजित गरेको छ । मेसुके ओलोमोउको दुई तथा कप्तान रेजिन सुब्बाको एक गोलमा खुमलटारले रोमाञ्चक जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको सातौं मिनेटमै मेसुकेले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर १८ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

मेसुकेले २७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खुमलटारले पहिलो हाफमा २-१ को अग्रता बनायो । कप्तान रेजिनले ५२ औं मिनेटमा गोल गरेपछि खुमलटारलाई अग्रतालाई ३-१ मा पुर्‍यो ।

अन्तिम मिनेटमा सुशान्त चौधरीले आर्मीका लागि गोल गरेपनि हार टार्न पर्याप्त भए । जारी लिगमा खुमलटारको यो तेस्रो जित हो । तेस्रो जितपछि ९ खेलबाट १० अंक जोडेको खुमलटार दशौँ स्थानमा उक्लेको छ ।

तेस्रो हार बेहोरेको आर्मीको ९ खेलबाट १२ अंक छ र सातौं स्थानमा झरेको छ ।

शनिबार दिउँसो भएको खेलमा साविक विजेता मच्छिन्द्र एफसीले एनआरटीसँग १-१ को बराबरी खेल्दै आर्मीलाई पछि पारेको थियो । ९ खेलबाट १३ अंक जोडेको मच्छिन्द्र छैटौं स्थानमा उक्लेको छ ।

दशरथ रंगशालमा मछिन्द्रले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । पहिलो हाफको ३९औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । तर ६७औं मिनेटमा एनआरटीका स्टेफेन जुनियरले बराबरी गोल फर्काए ।

९ खेलबाट ७ अंक जोडेको एनआरटी १२औं स्थानमै छ ।

खुमलटार युथ क्लब फुटबल शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय