
३ वैशाख, बुटवल । करेन्टलागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ ।
एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सर्फमर उद्योगका सञ्चालक हुन् ।
५७ वर्षीय श्रेष्ठ उद्योग व्यापार संघ बुटवलका पूर्वअध्यक्ष समेत हुन् । श्रीसको मृत्युले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4