+

सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिप सोमबारदेखि

२०८० वैशाख  ३ गते १६:३४ २०८० वैशाख ३ गते १६:३४
सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिप सोमबारदेखि

३ वैशाख, काठमाडौं । सूर्य नेपाल गल्फ टूरअन्तर्गत सिजनको सातौं प्रतयोगिता सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ ।

नेपाल प्रोफेसनल गल्फर्स एशोसिएसनको आयोजनामा गोकर्ण गल्फ कोर्षमा बिहीबारसम्म चल्ने प्रतियोगितामा ३१ व्यावसायिक र ८ एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिता ७२ होलमा खेलाइनेछ । ३६ होलपछि कट लागू हुनेछ । उच्च प्रदर्शन गर्ने २१ व्यावसायिक र अंक बराबरी हुने तथा कम्तिमा ६ जना एमेच्योर खेलाडीले बाँकी ३६ होल खेल्न पाउनेछन् ।

प्रतियोगितामा व्यवसायिक गल्फरहरु भुवन नगरकानेटी, जयराम थापा, धन श्रेष्ठ, रामे मगर, रवि खड्कालगायतका शीर्ष खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

यद्यपी सिजनको छैटौं प्रतियोगिताका विजेता सद्भव आचार्य, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवास तामाङलगायत एमेच्योर खेलाडीले व्यावसायिक खेलाडीलाई चुनौति दिनेछन् ।

८ लाख कुल पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हनार र तेस्रो हुनेले ६७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ क्रमसम्मका खेलाडीले नगद पुरस्कार पाउनेछन् ।

सूर्य नेपाल गल्फ टुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय