+
+

एकीकृत समाजवादीकी नन्दा चपाईं बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १६:५७

३ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।

उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्दा चपाईलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?