+
+

नेपालमै पाइलट उत्पादन गर्न दुई फ्लाइङ स्कुलले पाए पहिलो पटक इजाजत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:०१
फाइल तस्वीर

३ वैशाख, काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीले फ्लाइङ स्कुलको पहिलो पटक अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको मन्त्री किरातीले जानकारी दिए ।

उनका अनुसार प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने बाटो खुलेको छ । अहिले नेपालमा पाइलट उत्पादन गर्ने संस्था छैनन् । सोहीकारण नेपालीले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पुरा गर्ने गर्छन् । नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?