
३ वैशाख, काठमाडौं । भक्तपुरको बालकोटमा ढल राख्नका लागि खन्ने क्रममा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने वर्ष २२ को नितेश ऋषिदेवको रहेका प्रहरीले जनाएको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रागीनी हाइटस्थित कौशलटारबाट सिरुटार जाने सडक खण्डको भित्रि बस्तीमा नयाँ ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4