+
+

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते २०:१६

३ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बुटवल उपमहानगरपालिका–५ अमरपथ निवासी श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ रुपन्देही उद्योग संघको वरिष्ठ उपाध्यक्ष र महासचिव भएर काम गरिसकेका व्यक्ति हुन् । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको पूर्वप्राध्यापक रहेका श्रेष्ठ रेडक्रस र परिवार नियोजन संघमा आजीवन सदस्य रहेका छन् भने रोटरी क्लव अफ बुटवलका पूर्व अध्यक्ष पनि हुन् ।

अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि बुटवल श्रेष्ठले अस्पतालको कुशल व्यवस्थापनमा आफ्नो मुख्य ध्यान रहने बताए ।

त्यस्तै आइतबारको मन्त्रिपरिषद बैठकले अस्पताल विकास समिति सदस्यमा लक्ष्मी खनाललाई नियुक्ति गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए ।

यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराई नियुक्त भएका थिए । त्यसपछि माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि भट्टराईको नियुक्ति खारेज गरेका थिए र अध्यक्ष पद लामो समय रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?