
काठमाडौं । ललितपुरको भनिमण्डलमा रहेको डीएभी कलेजका विद्यार्थीले भारतको जयपुरमा आयोजित १८औं अन्तर्राष्ट्रिय युवा मेला ‘घुमर’ मा आफ्नो प्रस्तुति दिएका छन् । डीएभीका १८ जना विद्यार्थीहरुले ११ विधामा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएको कलेजले जनाएको छ ।
गत २३ र २४ चैतमा युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी भएका करिब ६० युनिभर्सिटीका विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए । डीएभी कलेजका विद्यार्थीले सबै विद्यामा सहभागी जनाएका थिए ।
समग्रमा डीएभीले तृतीय स्थान हासिल गरेको कलेजले जनाएको छ । बीबीएकी प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन भने बीबीएसकी प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारिन् । त्यसैगरी बीबीएकी जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरिन् भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । पेन्टिङ प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् भने सांस्कृतिक नृत्यमा डीएभी तेस्रो बनेको कलेजले जनाएको छ ।
कार्यक्रममा डीएभी कलेजका विद्यार्थीहरुले निबन्ध, बादविवाद, अन द स्पट पेन्टिङ कार्टुनीङ र मेहेन्दी कला प्रतियोगिताहरुमा सहभागी भएर आ-आफ्नो प्रतिभा प्रदर्शन गरे ।
प्रतिक्रिया 4