+
+

राष्ट्रपति पौडेलले फिर्ता गरेनन् पूर्वसभामुखको हैसियतमा लिएको गाडी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १२:५८

५ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेको पाइएको छ ।

पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर, उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ५ वैशाखसम्म फिर्ता गरेका छैनन् ।

संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले उक्त गाडी फिर्ता गराउन पहल गरिरहेको बताए ।

‘हामीले पहल गरिरहेका छौं । हामीलाई गाडीको अभाव छ भनेर मागिरहेका छौं । तर, के कारणले ढिलो गर्नुभयो थाहा छैन’ उनले भने ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’

तर, व्यवहारिक रुपमा गाडी फिर्ताका लागि १५ दिनसम्म समय दिँदै आएको संघीय संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिन पुगिसकेको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले संसद सचिवालयले गाडी फिर्ता लगिसकेको दाबी गरे । ‘गाडी संसद सचिवालयले फिर्ता लगिसकेको छ। गाडी फिर्ता आएको छैन भन्ने संसद् सचिवालयको भनाइ कसरी आयो ? हामी नै आश्चर्यमा परेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?