
५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिका भित्र उत्पादित हस्तकलाका सामग्रीहरुको उत्पादन, प्रबर्द्धन र बजारीकरण गर्न ‘यलः कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला संघसँग सहकार्य गरेर कोसेली घर सञ्चालनमा ल्याएको हो ।
पाटनढोकासँगै रहेको उक्त घरको मंगलबार ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्ती लगायतका सामग्री सुपथ मूल्यमा पाइन्छ ।
महर्जनले कलाकर्मीलाई प्रोत्साहित गर्न महानगरले कोेसेली घरको सुरु गरेको बताए । ‘यो घरले ललितपुर महानगरभित्रका हस्तकलाका सामग्रीलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न मुलुकमा पुर्याउन मद्धत गर्छ’ मेयर महर्जनले भने ।
महर्जनले ललितपुर विश्व कला नगरीको ३५ औं शहर भएको भन्दै कलानगरको एक महत्वपूर्ण तत्व मध्ये कोसेली घर एक भएको बताए ।
कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कोसेली घर सञ्चालन गर्नुको मुख्य उद्देश्य हस्तकलाको संरक्षण भएको बताइन् ।
प्रतिक्रिया 4