
६ वैशाख, काठमाडौं । चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
चिनियाँ टेलिभिजन सीसीटीभीले बेइजिङस्थित चाङफेङ अस्पतालमा स्थानीय समय अनुसार मंगलबार दिउँसो १ बजे आगलागी भएको र २१ जनाको मृत्यु भएको जानकारी दिएको हो । ७१ जनालाई भने अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ ।
बेइजिङमा सन् २०१७ पछि आगलागीबाट भएको यो नै सबैभन्दा ठूलो क्षति हो । सन् २०१७ मा दाक्सिङ जिल्लामा दुई तले भवनमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4