+
+

भ्वाइस अफ नेपाल सिजन-५ को आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १८:१७
भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल । फाइल तस्वीर

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को आवेदन खुला भएको छ । इच्छुकले वैशाख २३ गतेसम्म आवेदन दिनसक्ने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । दशैंअघि प्रसारण योजना बनाइएको पाँचौं सिजनमा देश विदेशबाट जसले पनि आवेदन दिन सक्नेछन् ।

नेपाली गीत रेकर्ड गरेर ह्वाट्स एप नम्बर ९८१०१२४११० मा पठाउन सकिने भएको छ । १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् । इच्छुकले उक्त ह्वाट्स एप नम्बरमा व्यक्तिगत परिचय र सम्पर्क खुल्ने ठेगानासहित गीत पठाउन सक्ने भएका छन् । ‘जुनसुकै राष्ट्रियताका व्यक्तिले आवेदन दिन सक्नेछन् तर नेपाली गीत-संगीत हुनुपर्‍यो,’ उनले भने ।

अहिले चलिरहेको भ्वाइस किड्स सकिएपछि यसका लागि प्रि-प्रोडक्सन सुरु हुने भएको छ । भ्वाइसका अघिल्ला चारैवटा सिजन लोकप्रिय भएका थिए । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?