+

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्ने

२०८० वैशाख  ७ गते ७:५९ २०८० वैशाख ७ गते ७:५९
काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्ने

७ वैशाख, काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

कीर्गिस्तानमा आगामी जुन १८ देखि २५ सम्म आयोजना हुने प्रतियोगिता ७ टोलीले खेल्ने एसियन भलिबल काउन्सिल (एभीसी) ले जनाएको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक कीर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजखस्तान, इरान र तुर्किमिनेस्तानको सहभागिता हुनेछ ।

सेन्ट्रल एसियाका १४ मध्ये ७ राष्ट्रले यस प्रतियोगिता खेल्दैछन् जहाँ ठूला टिमहरु इरान, काजखस्तान र पाकिस्तान छन् । भारत भने प्रतियोगितामा सहभागी छैन ।

नेपालले एभीसी सेन्ट्रल जोनमा यसअघि कीर्गिस्तान र उज्वेकिस्तानसँग तुर्कमिनेस्तान जस्ता टिमहरुसँग खेलिसकेको छ ।

यस पटक नेपालले सेन्ट्रल एसियाका बलिया टिमहरुसँग खेल्ने अवसर समेत पाउने भएको छ । नेपाललाई यस पटक एसियाका बलिया टिमहरु इरान, काजाखस्तान र पाकिस्तानसँग खेल्ने अवसर छ ।

सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगितममा कूल २३ खेल हुनेछन् । लिग चरणपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने तेस्रो र चौथोमा रहनेले तेस्रो स्थानका लागि खेल्नेछन् ।

नेपाल भलिबल संघले काभा नेसन्स लिग र आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सका लागि यही वैशाख २१, २१ र २२ गते खुल्ला छनोट गर्ने भएको छ ।

काभा पुरुष भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय