
८ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरको लाइसेन्स परीक्षाको लागि अनलाइन परीक्षा आवेदन भर्न आह्वान गरेको छ ।
परिषद्ले सूचना जारी गर्दै वैशाख १३ गतेदेखि जेठ १६ गतेसम्म अनलाइन आवेदन खुला गर्ने र परिषदको वेबसाइट उल्लेख गरिए बमोजिम आवेदन दिन अनुरोध गरेको छ ।
परिषद्ले लाइसेन्स परीक्षाको मिति भने तय भइनसकेको जनाएको छ । परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले भने ‘अहिले अनलाइन आवेदन खुला गरेका छौं । कहिले, कसरी लिने भन्ने विषयमा भने निर्णय भइसकेको छैन।’
परिषद्को अनुसार वर्षमा कत्ति पटक र कहिले कहिले लिने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ ।
परिषद्ले चैत १२ र १३ गते पहिलो पटक लिएको लाइसेन्स परीक्षामा जम्मा २८.५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4