
८ वैशाख, काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-४ घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले टोखा बस्ने चन्द्रबहादुर खत्रीसमेत गरी १८ जनालाई कतारमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ७ लाखका दरले ६३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4