
Photo Credit : फाइल तस्वीर
९ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश प्रतिगमनतिर गइरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले डरलाग्दो प्रतिगामी हावा बगिरहेको बताए । उनले भने, ‘झट्ट हेर्दा त नदेखिन सक्छ, तर वैचारिक ढंगले अग्रगामी सोचविरुद्ध यहाँ पनि विस्तारै यहाँ पनि छिर्दैछ । त्यो बहुत डरलाग्दो छ ।’
अघि भने, ‘जनतामा असन्तुष्टि देखाउन सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ ।’
संविधान र लोकतन्त्र आधा भरिएको, आधा खाली गिलास भएको भन्दै उनले रिस उठेर आधा गिलास पनि घोप्ट्याउँछु भन्नेतिर जान नहुनेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4