
१० वैशाख, विराटनगर । नेपाल बार एसोसिएशन उच्च अदालत विराटनगर बार इकाइको नयाँ कार्यसमितिमा तीन कम्युनिस्ट पार्टी निकटका कानुन व्यवसायीले भागवण्डा गरेका छन् ।
कम्युनिस्ट पृष्ठभूमिका कानुन व्यवसायीले आपसी भागवण्डामा नयाँ नेतृत्व चयन गरेपछि कांग्रेस निकट कानुन व्यवसायीले नेतृत्व चयन प्रक्रिया नै बहिस्कार गरेको घोषणा गरेका छन् ।
शुक्रबार उच्च अदालत बार एशोशिएसन इकाइ विराटनगरको अध्यक्षमा एमाले निकट कानुन व्यवसायी विश्वराम भट्टराई निर्विरोध चयन भए ।
उपाध्यक्षमा कला त्रिताल, सचिवमा विनोदकुमार तिमल्सिना, सहसचिवमा रुकमिणा दाहाल र कोषाध्यक्षमा कृष्णप्रसाद गौतम निर्विरोध चएन भए । सदस्यहरुमा सीता पौडेल, हरिप्रसाद लुइटेल, नरेशकुमार दाहाल, विनोद फुयाल, मयुर अग्रवाल लगायत छन् ।
उच्च बार विराटनगरको अध्यक्ष र सहसचिव एमाले, सचिव र कोषाध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष माओवादी केन्द्र निकट कानुन व्यावसायीले पाउने गरी भागवण्डा भएको थियो ।
सात सदस्यीय कार्यसमितिमा चार जना एमाले निकट र तीन जना एकीकृत समाजवादी निकट कानुन व्यवसायी चुनिएका छन् ।
सहमतिका लागि वार्ता चलिरहेका बेला आफूहरुलाई बाइपास गरेर मनोनयन दर्ता गराएपछि साधारणसभा र निर्वाचन प्रक्रिया बहिस्कार गरेको कांग्रेस निकट डेमोक्रेटिङ लयर्स एसोसिएसन मोरङका अध्यक्ष खुशीराज गौतमले बताए ।
एकलौटी ढंगले अगाडि बढेपछि उच्च अदालत बार एशोशिएसन विराटनगरले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र नयाँ कार्यसमितिसँग सहकार्य नगर्ने निर्णय भएको उनले बताए ।
प्रतिक्रिया 4