+

एफए कपको उपाधिका लागि दुई म्यानचेष्टर क्लब भिड्ने

२०८० वैशाख  ११ गते ७:३५ २०८० वैशाख ११ गते ७:३५
एफए कपको उपाधिका लागि दुई म्यानचेष्टर क्लब भिड्ने

काठमाडौं । एफएकपको उपाधिका लागि दुई म्यानचेष्टर क्लब युनाइटेड र सिटी भिड्ने भएका छन् ।

आइतबार राति भएको दोस्रो सेमिफाइनलमा युनाइटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीसँग फाइनल भेट पक्का गरेको हो । सिटीले पहिलो सेमिफाइनलमा शेफिल्ड युनाइटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

लण्डनस्थित वेम्ली स्टेडियममा भएको खेलमा युनाइटेड र ब्राइटनले निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । युनाइटेडका सातै खेलाडीले पेनाल्टी प्रहार गोलमा परिणत गर्दा ब्राइटनका एक खेलाडी चुके ।

युनाइटेडका भिक्टोर लिन्डेलोफले निर्णायक पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई जित दिलाए । त्यसअघि ब्राइटनका लागि अन्तिम प्रहार गरेका सोली मार्चको पेनाल्टी प्रहार बारमाथि गएको थियो ।

युनाइटेड र सिटीबीचको फाइनल खेल आगामी जुन ३ मा वेम्वलीमा हुनेछ ।

एफए कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय