+

मूलपानीमा समर्थकसँग क्रिकेटरको सेल्फी (तस्वीरहरू)

२०८० वैशाख  ११ गते १२:५१ २०८० वैशाख ११ गते १२:५१
मूलपानीमा समर्थकसँग क्रिकेटरको सेल्फी (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको साउदी अरवविरुद्धको खेल वर्षाले प्रभावित भएपछि नेपाली खेलाडीले समर्थकसँग सेल्फी खिचेका छन् ।

बिहान ९ बजे सुरू हुनु पर्ने खेल वर्षाका कारणा सुरु नभए पनि मूलपानी पुगेका समर्थकलाई खुसी दिँदै खेलाडीहरुले उनीहरूसँग सेल्फी खिचेका हुन् ।

दर्शकदीर्घामा छाता ओढेर बसेका दर्शकहरु बसिरहेको देखेपछि खेलाडीहरु ड्रेसिङ रुमबाट निस्केर उनीहरु नजिक पुगेका थिए ।

आफू नजिक खेलाडी आएपछि समर्थकले समर्थनमा हुटिङ गर्दै सेल्फी खिचाए । खेल नभए पनि आफ्ना मन पर्ने खेलाडीसँग सेल्फी खिच्न पाएपछि समर्थक पनि खुसी भएर घर फर्केका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

एसीसी प्रिमियर कप नेपाल भर्सेस साउदी
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय