
११ वैशाख, दाङ । लुम्बिनी प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले सोमबार दिउँसो प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् ।
प्रदेशसभा भवन निर्माण तथा मन्त्रालयका भवन व्यवस्थापन बापतको करिब १२ करोड रुपैयाँ भुक्तानी नभएको भन्दै निर्माण व्यवासयीले प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
निर्माण व्यवसायीले भुत्तानी दिन दबाब स्वरुप ‘प्रदेश सरकार भुक्तानी खोई ?, प्रदेशसभा बन्द गर, निर्माण व्यवसायीलाई भुक्तानी गर, निर्माण व्यवसाय मार्न पाइदैन, दिनरात निर्माण व्यवसायीलाई काम गराइयो, भुक्तानी दिंदा अप्ठ्यारोमा पारियो लगायतका नाराहरु लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
प्रदेशसभा भवन निर्माणको ६ महिना बितिसक्दा पनि भुक्तानी नपाएको निर्माण व्यवसायी यज्ञ केसीले बताए । भुक्तानी नपाएपछि दबाव दिन सांकेतिक रुपमा प्ले कार्ड प्रदर्शन गरेको उनले बताए ।
प्रतिक्रिया 4