
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा रहेको प्रहरी बिट हटाउन सुरु गरेको छ । महानगरले काठमाडौंको भ्यूटावर नजिक पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट हटाउन लागेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
‘सडक पेटीमा रहेको प्रहरी विट हटाउने महानगरपालिकाको योजना अनुरुप हटाउन थालेका हौैं, यहाँ मात्रै होइन, सबै ठाउँको सडकपेटीको बिट हटाउँछौं,’ पाण्डेले अनलाइनखबरसँग भने ।
काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4