
काठमाडौं । अमेरिकी धनाढ्य एलन मस्क पछिल्लो समय थप चर्चामा छन् । ‘ट्वीटर भेरिफाइड’ भएका प्रयोगकर्ताको अकाउन्टमा राखिएको नीलो टिक हटाएपछि उनको चर्चा अरु चुलिएको छ । केही समयअघि माइक्रोब्लगिङ साइट ट्वीटरका सीईओ मस्कले ट्वीटरको लोगो नीलो चराको ठाउँमा कुकुर राखे तर भोलिपल्टै हटाइदिए ।
अनेक प्रयोग गर्न रुचाउने ४७ वर्षीय अर्बपति मस्कको रोमाञ्चक बालजीवनीलाई कथालयले प्रकाशनमा ल्याएको छ । अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । जसको अंग्रेजी शीर्षक ‘द गेस्ट फ्रम द फ्युचर’ छ भने नेपाली भाषामा ‘भविष्यका पाहुना’ रहेको छ । पुस्तक नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन् भने सम्पादन भिक्टर प्रधानले गरेका छन् ।
दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका मस्कको सानैदेखिको जिज्ञासु स्वभाव, बानीव्यहोरा, पुस्तकमा एलन मस्क सानो छँदाका बानीव्यहोरा, पारिवारिक अवस्था, उनको सिकाइ प्रक्रिया, सपना र त्यसलाई साकार पार्न गरेको संघर्षका बारेमा पुस्तकमा उल्लेख गरिएको छ ।
नेपाली र अंग्रेजी दुवै भाषामा २८ पृष्ठ रहेको पुस्तकको मूल्य २८० रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया 4