+
+

दल र निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्ताव सकरात्मक : सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १७:१६

१२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रुपा सोशी चौधरीले राष्ट्रिय सभाबाट पारित भएको भ्रष्टाचार निवारण सम्बन्धी ऐन संशोधन विधेयक भ्रष्टाचार न्युनिकरणका लागि सकारात्मक कदम हुन सक्ने बताएकी छन् ।

राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथि प्रतिनिधि सभाको बैठकमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

संयुक्त राष्ट्रसंघको महासन्धीमा नेपालले हस्ताक्षर गरेको र उक्त महासन्धिमा निजी क्षेत्र र राजनीतिक दललाई समेत कानुनको दायरामा ल्याउनुपर्ने मापदण्ड रहेको उल्लेख गर्दै उनले त्यस अनुसा कानुन बनाउने प्रयास हुनु सकारात्मक रहेको बताइन् ।

सांसद चौधरीले भनेकी छन्, ‘यस(प्रस्तावित विधेयक)ले निजी क्षेत्र र राजनीतिक दल समेतलाई दायरामा ल्याउने कुराले भ्रष्टाचारलाई न्युनीकरण गर्ला भनेर थोरै आशाको किरण देख्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?