+
+

शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १८:१३

१२ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।

मंगलबार साँझ प्राप्त मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३ हजार ३५० छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?