+
+

संसदीय सुनुवाइ समिति बुधबार गठन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १९:३१

१२ वैशाख, काठमाडौं । बुधबार संसदीय सुनुवाइ समिति गठन गरिने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सुनुवाइ समितिमा रहने सांसदहरुको नाम नै प्रस्ताव गरिने बताएका छन् ।

उनका अनुसार सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । सम्भावित कार्यसूची सार्वजनिक गर्दै संसदका महासचिव गौतमले यस्तो जानकारी दिएका हुन् ।

सोमबार संसदमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसेर संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुमध्ये कुन दलले कति सदस्य लिने तय गरेका छन् । नेताहरुका अनुसार सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति छ । समितिका सभापतिसहित कांग्रेसका चार सदस्य रहन्छन् ।

एमालेका पनि चार जना सदस्य रहन्छन् । बाँकी चार सदस्यमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का एक÷एक सदस्य रहनेछन् ।

दलहरु सुनुवाइ समितिमा रहने सदस्यहरुको टुंगो लगाउने गृहकार्यमा छन् । बुधबार बिहान सुनुवाइ समितिमा रहने सदस्यहरुको टुंगो लगाउने र दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने गरी उपलब्ध गराउने दलहरुको तयारी छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?