१३ वैशाख, काठमाडौं । प्रिमियर लिगमा मंगलबार राति एस्टन भिल्लाले फुलहमलाई १-० ले पराजित गरेको छ ।
यस जितसँगै भिल्ला पाँचौ स्थानमा उक्लेको छ र सन् २०१० पछि पहिलो पटक युरोपियन प्रतियोगिता खेल्ने सम्भावनालाई कायम राखेको छ ।
घरेलु मैदान भिला पार्कमा भएको खेल भिल्लालाई जिताउन टाइरोन मिङ्ग्सले २१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।
जितपछि ३३ खेलबाट ५४ अंक जोडेर भिल्ला पाँचौ स्थानमा उक्लेको छ । तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडभन्दा भिल्ला पाँच अंकले पछि छ । फुलहम ३२ खेलबाट ४५ अंकसहित नवौं स्थानमा छ ।
लिगकै अन्य खेलमा वल्भसले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दा लेस्टर सिटी र लिड्स युनाइटेडले १-१ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4