
१३ वैशाख, काठमाडौं । अमेरिका, भारत, जापान र अष्ट्रेलिया गरी चार देश सम्मिलित क्वाड समूहको बैठक आगामी २४ मेमा हुने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बैठकको मिति घोषणा गरेका हुन् ।
अष्ट्रेलियाले पहिलोपटक आयोजना गर्न लागेको क्वाड बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फ्युमिदो किसिदा र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी हुने छन् ।
क्वाडलाई चीनले सुरुदेखि नै आफूविरुद्ध रहेका देशहरूको समूह मान्ने गरेको छ । आफ्नो बढ्दो शक्तिलाई रोक्ने उद्देश्यले क्वाड समूह बनाइएको चीनको आशंका छ । त्यसैले चीनले क्वाडको बैठकलाई चासोका साथ लिने गरेको छ ।
‘क्वाड्रिलेटर सुरक्षा वार्ता’को क्वाड्रिलेटर (चतुर्भुज) बाट चार देशको समूहको नाम ‘क्वाड’ राखिएको हो । यसको श्रेय जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेलाई दिने गरिन्छ । उनले पहिलोपटक सन् २००७ मा मनिलामा क्वाडको औपचारिक बैठक राखेका थिए ।
प्रतिक्रिया 4