+
+

ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौं : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १६:२६

१३ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् ।

बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।

‘कोशी नामकरणमा विरोृध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ । सरकारको तर्फबट दुख व्यक्त गर्न चाहन्छु’ उनले भने, ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।’

प्रहरीले सकारात्मक भूमिका खेलेपछि ओली सहभागी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र उनी इलामतर्फ प्रस्थान गरिसकेको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?