
काठमाडौं । एनएमबि बैंक लिमिटेडको एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुले वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धी विषयमा सामसुङ (हिम इलेक्ट्रोनिक्स प्रालि) सँग सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप १ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् ।
यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्नु रहेको सम्झौतामा उल्लेख छ । यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4