
१३ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका वायुसेवा कम्पनीहरुका कार्यालय क्षेत्रका संरचना हटाउन निर्देशन दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अनुसार ह्याङ्गर एप्रोन निर्माण हुने भएकाले कार्यालय क्षेत्रका संरचना हटाउन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
प्राधिकरणले सबै हेलिकप्टर कम्पनी, श्री एयर, यती एयरलाइन्स र समिट एयरलाइन्सलाई पत्र लेख्दै १ महिना भित्र संरचना हटाइसक्न भनेको छ ।
प्राधिकरणको यो पत्रसँगै अब वायुसेवा कम्पनीहरुका कार्यालय नै विमानस्थलबाट विस्थापित हुने छन् । प्राधिकरणले सो स्थान प्रयोग गरेवापत सो अवधिसम्मको बहाल रकम फरफारक गर्न समेत भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4