+
+

६ लेन सडकमा तीन दिनभित्र काम सुरु गर्ने ठेकेदारको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १८:३२

१३ वैशाख, विराटनगर । ६ लेन सडक परियोजना अन्तर्गत निर्माण रोकिएको सुनसरीको तरहरादेखि सेउती पुलसम्मको खण्डको काम सुरु गर्न ठेकेदार कम्पनीले लिखित प्रतिवद्धता जनाएको छ ।

इटहरी उपमहानगरपालिकाले केही दिनअघि ठेकेदारको सवारी साधन नियन्त्रणमा लिएपछि ठेकेदार कम्पनीले बुधबार तीन दिनभित्र काम थाल्ने प्रतिवद्धता जनाएको हो । काम रोकिएपछि उपमहानगरपालिकाले निर्माण कम्पनी र छ लेन सडक आयोजना कार्यालयलाई छलफलमा बोलाएको थियो ।

निर्माण कम्पनी हिम धुङ् थोकर एण्ड प्यासेफिक जेभीका प्रतिनिधि ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट १२ दिनसम्म आइपुग्ने बताउँदै आइतबारदेखि कालोपत्रेको तयारी सुरु गर्ने बताए ।

६ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यका अनुसार ठेकेदार कम्पनीले दु्रत गतिमा काम सुरु गरे असारसम्म निर्माण सकिनेछ । ‘निर्माण कम्पनीकै कारणले तरहरादेखि सेउतीसम्मको सडक निर्माणमा ढिलाइ भएको हो’, शाक्यले भने, ‘निर्माण कम्पनीले इच्छाशक्ति देखाए तोकिएको समयमा काम पूरा हुन्छ ।’

पछिल्लो पटक निर्माणका लागि २०८० असार मसान्तसम्मको समय अवधि थपिएको छ । विराटनगर– धरान सडक परियोजनाको ४९ किलोमिटर सडकमध्ये तरहरादेखि धरानको सेउतीसम्म र दुहबी बजार खण्डका काम गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?