+
+

सचिवालयले भन्यो : राष्ट्रपतिको विदेशमा उपचार गराउने चाहना थिएन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १९:५८

१३ वैशाख, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले विदेशमा उपचार गराउने राष्ट्रपतिको चाहना नभएको बताएको छ ।

सचिवालयका तर्फबाट किरण पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकहरूको टोली, प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा भारत जान तयार भएका जनाएका छन् ।

‘सम्माननीय राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकहरूको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विषेश आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको हो’, पोखरेलले भनेका छन्, ‘यो कुरा सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको यथार्थलाई यहाँ स्मरण गराउन चाहन्छौ।’

राष्ट्रपतिको उपचार नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्दति कानुन, नियम र निश्चित विधिअनुसार हुने भन्दै उनले राष्ट्रपति संस्थालाई नै विवादमा पार्ने मनसायले प्रचार भएको भन्दै विरोध जनाएका छन् ।

विज्ञप्तिमा राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग-अलग व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ ।

‘तर, ऐन कानून नै नबुझेजस्तो गरी सम्माननीय राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेकोप्रति हामी दुःख व्यक्त गर्दछौं’, पोखरेलले भनेका छन् ।

हेर्नुहोस् राष्ट्रपतिको सचिवालयले निकालेको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?