+
+

ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेलाई कारबाही गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १५:२५

१४ वैशाख, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ ।

एमाले नेताहरुले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न ध्यानाकर्षण गराएको छ । कानुन हातमा लिने प्रवृत्तिलाई प्रधानमन्त्री स्वयंमले प्रोत्साहन गर्नु दुःखद भएको एमाले नेता राजन भट्टराईले बताए । बुधबार झापामा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा रहेका समूहले आक्रमण र हुलहुज्जत गरेको थियो ।

एमाले नेताहरुले चाबहिल सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । पाण्डेको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । तर अहिलेसम्म उनको हत्यामा संलग्नहरुलाई पक्राउ नगरिएको भन्दै एमालेले ध्यानाकर्षण गराएको छ ।

भेटपछि एमाले नेता राजन भट्टराईले मुलुकको शान्ति सुरक्षा कायम गर्न गठबन्धन सरकार असफल बन्दै गएको टिप्पणी गरे । उनले भने, ‘सबभन्दा ठूलो नेता असुरक्षित हुन्छ भने मुलुकको शान्ति सुरक्षा के छ भनिरहनु पर्दैन ।’

एमाले नेताहरुले आफ्ना नेताको सुरक्षाका लागि एमाले पङ्ति स्वयं लाग्नुपर्ने अवस्था नआओस् भनेर समेत सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?