+
+

संसद सचिवालयलाई सांसद कोइरीको पत्र : अस्वस्थ छु, सुधार भएपछि आउँछु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १९:०७

१४ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । उनले पत्रमा लेखेका छन्, ‘माघ २५ गतेदेखि असस्थ भई उपस्थित हुन सकेको छैन । सुधार भएपछि उपस्थित हुन्छु ।’

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् । उनी निर्वाचित भएपछि शपथ लिन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए ।

त्यसपछिका धेरै बैठकमा भने उनी उपस्थित भएका छैनन् । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महतोलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेलाई प्रश्न गरेकी थिइन् । संसद सचिवालय स्रोतका अनुसार कोइरीको तलब भने गएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?