+
+

डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते २०:०९

१४ चैत, काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि पुनर्लगानी परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । डाबर नेपालले यो परियोजनामार्फत ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने भएको छ ।

लगानी बोर्डको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपाल प्रालिका तर्फबाट बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि लगानी बोर्डको ४९औं बैठकले २५ माघ, २०७८ मा भएको बैठकले लगानी स्वीकृत गरेको थियो । समझदारीपत्रमा हस्ताक्षरपश्चात्‌ डाबर नेपाल प्रालिका विजनेस हेड वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको विचार व्यक्त गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपाल प्रालिका तर्फबाट हुन लागेको पुनर्लगानीले लगानीकर्ताको नेपाल प्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको चर्चा गरे ।

मन्त्री रिजालले डाबर नेपालको पुनर्लगानीले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहित हुने भन्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेका लगानीकर्ताबाटै सुन्न र नेपालमा सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?